• Monday 5th of October 2026

क्वार्टरफाइनलमा नेपालले भारतसँग खेल्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ ।

आज भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीको रूपमा पाएको हो । ड्र अनुसार नेपाल र भारतको खेल मंगलबार बिहान ९ बजे सुरु हुने छ।

भारतलाई जिते नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ। यस्तै बंगलादेशसँग मलेसिया खेल्नेछ। यी दुईबीचको खेलमा बुधबार हुनेछ।

यस्तै पाकिस्तानसँग हङकङले प्रतिस्पर्धा गर्दा श्रीलंकाले अफगानिस्तान प्रतिद्वन्द्वी पाएको छ।

एसिया कप क्रिकेट पहिलाे पटक भारतसँग ओडीआई खेलेकाे नेपालले एसियन गेम्समा भारतसँग पहिलाे पटक टी-२० आई खेल्ने भएकाे हाे ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖