• Monday 5th of October 2026

आखिर कस्ता खेलाडी छन् नेपालीसँग क्वार्टरफाइनल खेल्ने भारतीय टोलीमा ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगलबार क्वार्टरफाइनलमा भारतको सामना गर्दैछ । समूहगत चरणको खेलमा मंगोलिया र माल्दिभ्समाथि सजिलो जित हासिल गर्दै क्वार्टरफाइनलमा पुगेको नेपालका लागि भारत निकै बलियो प्रतिद्वन्द्वी हो ।

टेस्ट मान्यता प्राप्त राष्ट्र भएकाले नै जारी एसियाली खेलकुदमा भारत, पाकिस्तान, श्रीलङ्का र बंगलादेश सिधै क्वार्टरफाइनल चरणमा पुगेका हुन् । यसका अतिरिक्त अफगानिस्तान पनि सिधै क्वार्टरफाइनल चरणमा पुगेको हो ।

एसियाली खेलकुदका लागि घोषित भारतीय टोलीमा थुप्रै खेलाडीले अन्तर्राष्ट्रिय एकदिवसीय र टी—२० प्रतियोगिता खेलिसकेका छन् । अधिकांश खेलाडी उमेर समूहको टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा पुगेका हुन् ।

भारतले रुतुराज गाइकवाडको कप्तानीमा टोलीको घोषणा गरेको छ । उनले भारतीय टोलीबाट अन्तर्राष्ट्रिय एकदिवसीय र टी—२० प्रतियोगिता पनि खेलिसकेका छन् । यसका अतिरिक्त विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

गाइकवाडले भारतका लागि चारवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर कुल एक सय ६ रन बनाएका छन् । २६ वर्षीय गाइकवाडले भारतका लागि ११ वटा टी—२० अन्तर्राष्ट्रिय खेल खेलेर कुल दुई सय १२ रन बनाएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖