• Tuesday 6th of October 2026

सानो पार्टी भए पनि जिम्मेवार शक्ति हौं, रविको भाष्य बोल्ने छुट छैन : रामकुमारी झाँक्री


  • धनकुटा खबर
  • .

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले अब आफूहरुलाई रास्वपा सभापति रवि लामिछानेको भाष्य बोल्ने छुट नभएको बताएकी छन् ।

इटहरीमा आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै उनले सानो भए पनि आफ्नो पार्टी राज्यको शक्ति भएको दाबी गरिन् ।

झाँक्रीले भनिन्, ‘हामीलाई अब रवि लामिछानेको भाष्य बोल्न छुट छैन । सानो पार्टी भए पनि हामी राज्यको जिम्मेवार शक्ति हौं । अब हामी संवैधानिक कुरा गर्छौं । संविधानमा संकट आयो भने हामीले बचाउनुपर्छ, भन्छौं ।’

उनले पछिल्लो १८ वर्षमा राजनीतिबाट केही नयाँ नभएकै हो र ? भन्दै प्रश्न समेत गरिन् ।

‘साँच्चै केही भएको छैन त ? राजनीतिले केही गरेन ? पछिल्लो १८ वर्ष साँच्चै केही भएन ? यो भाष्य स्थापित गरेर हामीले के बनाउन खोजेका हौं ?,’ उनले भनिन्, ‘हामी के मा प्रयोग भइरहेका छौं भने मिडियामा तेरो समाचार बनाइदिन्छु नत्र समाचार बजाइदिन्छु भन्नेहरू सजिलो तरिकाले हामीले बनाएको यो भाष्यमा राजनीतिमा आएका छन् ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖