• Tuesday 6th of October 2026

अध्यक्षमा गुलाबजङ्ग शाहको अग्रता कायमै


  • धनकुटा खबर
  • .

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहको अग्रता कायमै रहेको छ ।

शाहले १२१ मतसहित अग्रता कायम गरिरहेका छन् भने अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ६५ मत प्राप्त गरेका छन् । त्यस्तै अर्का अध्यक्ष पदका उम्मेदवार दिपक रोकायाले ३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षका उम्मेदवार टेकराज पछाइले ११० मत प्राप्त गरेर अग्रता लिएका छन् भने उपाध्यक्षका अर्का दुई उम्मेदवार लाल बहादुर महतराले ६० मत र दानसिंह परियारले १८ मत पाएका छन् ।

त्यसैगरी, सचिव पदका उम्मेदवार ध्रुव शाहीले १४० मतसहित अग्रता लिइरहेका छन् भने सचिवका अर्का उम्मेदवार रुद्र शाहीले ५१ मत पाएका छन् ।

उपसचिव पदमा रवीन्द्रराज शर्माले ९२, रमेश वहादुर शाहीले ७९, पद्मा खड्का ४३ र मेनका पछाईले ३६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖