• Monday 5th of October 2026

भारतविरुद्ध फिल्डिङ गर्दै नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौं । १९औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले भारतविरुद्ध टस हारेर बलिङ गरिरहेको छ ।

समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेपछि नेपालले क्वाटर फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।

आजको खेलमा नेपाली टिममा एक परिवर्तन भएको छ । माल्दिभ्सविरुद्ध खेलेका विनाेद भण्डारीको स्थानमा आज करण केसी खेलेका छन् ।

यस्तै, भारतका जितेश शर्मा र साई किशाेरले टी-२०आईमा डेब्यु गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖