काठमाडौं। १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा अहिले नेपालविरुद्ध भिडिरहेको भारतले सय रन पुरा गरेको छ।
भारतले १० ओभरमा एक विकेट गुमाएर एक सय ४ रन जोडेको छ। भारतले एक सय ३ रन जोड्दा दीपेन्द्र सिंह ऐरीले विकेट लिए।
रुतुराज गाइक्वाड २५ रनमा आउट भए। यसस्वी जैसवाल ७३ रनमा खेल्दैछन्।
