काठमाण्डाै – १९औं एसियाली खेलकुद क्रिकेटको क्वाटरफाइनल अहिले नेपाल र भारत खेलिरहेका छन् ।
भारतले १२ ओभर २ विकेट गुमाएर एक सय १६ रन बनाएर खेलिरहेको छ । हान्झाउमा टस जितेर भारतले पहिला ब्याटिङ गरेको छ । उसका कप्तान ऋतुराज गायकवाड २५ रन बनाएर आउट भए ।
त्यस्तै, तिलक वर्मा २ रनमा आउट भए । भारतका यशस्वी जैसवाल ३८ बलमा ८० रन बनाएर खेलिरहेका छन् ।
