• Tuesday 6th of October 2026

गृहमन्त्री श्रेष्ठलाई फेसबुकमा अपशब्दसहित गाली गर्ने रुपन्देहीका गलामी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं,१६ असोज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अपशब्दसहित फेसबुकमार्फत गाली गर्ने एकजना युवक पक्राउ परेका छन् ।

रुपन्देहीको सैनामैना नगरपालिका-२ बस्ने दीपक गलामीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री श्रेष्ठविरुद्ध अपशब्द लेखेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

गृहमन्त्रीविरुद्ध समाजका अन्य सदस्यहरुले समेत पचाउन नसक्ने अपशब्द लेखेपछि आवश्यक कारबाहीका लागि गलामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖