• Tuesday 6th of October 2026

कांग्रेसका सहमहामन्त्री पूर्वमन्त्री यादवमाथि खुकुरी हान्ने श्यामबाबु जेल चलान


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौको भृकुटी मण्डपमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

ज्यान मार्ने उद्योगको अभियोग लागेका श्यामबाबु सापकोटालाई काठमाडौं जिल्ला अदालतले सोमबार कारागार चलान गर्ने आदेश सुनाएको हो ।

भदौ २० गते रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा यादबमाथी खुकुरी प्रहार भएको थियो । आक्रमणकारी सापकोटालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो। सापकोटाले राजसंस्था पक्षमा नाराबाजी गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖