• Tuesday 6th of October 2026

सांसद यादवको कविता : विद्युत भी तुमहारा हे, सरकार भी तुमहारा हे ..


  • धनकुटा खबर
  • .

काठमाडौं, १६ असोज । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले नेपाल विद्युत प्राधिकरणले उद्योग तथा प्रतिष्ठानसँग २०औं अर्ब रुपैयाँ बाँकी बक्यौता उठाउन नसकेको भनेर आलोचना गरेका छन् । उनले आफूले सम्मानित सदनमार्फत यसअघि नै विद्युतको बाँकी बक्यौता रकम उठाउन प्राधिकरणको ध्यानाकार्षण गराएको कुरा स्मरण गराउँदै यादवले प्राधिकरणको पछिल्लो भूमिकालाई लिएर आलोचना गरेका छन् ।

उनले भने,‘मैले यो सदनमा यसअघि नै ट्रंक लाईन र डेडिकेटेड लाईनको बक्यौता रकमको बारेमा कुरा उठाएको थिएँ । उद्योग तथा प्रतिष्ठानले १५ दिनभित्र तिनुपर्ने भनेर प्राधिकरणले सूचना निकाल्यो । तर, आज महिनौं बित्दापनि बक्यौता रकम उठेन । प्राधिकरणको सुचनाबारे कुनै उद्योगीले ध्यान दिएनन् । केही अगुवाईहरुले (एक जना अनुवा) ले सबैलाई भेला गरेर प्रधानमन्त्रीकहाँ लगेर गए, प्रधानमन्त्रीको मौखिक निर्देशनअनुसार २०औं अर्ब बाँकी बक्यौता रकम प्राधिकरणले उठाएन । म फेरि पनि भन्छु राज्यले बक्यौता रकम तुरुन्तै उठाउनुपर्छ ।’

सो अवसरमा सांसद यादवले एक कविता पनि सुनाएका थिए । उनको कविता यस्तो थियो :

लस्कर भी तुमहारा हे
सरकार भी तुमहारा हे
तुम झुठको सच करलो
कुछ अखबार भी तुमहारा हे
हम इस दौडके फरयादी
जाए तो जाए कहाँ जाए
विद्युत भी तुमहारा हे
सरकार भी तुमहारा हे

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖