• Tuesday 6th of October 2026

संविधान अनुसार नै फागुन १ गते सार्वजनिक बिदा दिइएको उर्जा मन्त्रीको प्रष्टीकरण


  • धनकुटा खबर
  • .

काठमाडौं । उर्जामन्त्री शक्ति बस्नेतले संविधान र संविधानको भावना र मर्म अनुसार नै फागुन १ गते सार्वजनिक बिदा दिइएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन माओवादीले सशस्त्र युद्धको सरुवात भएको दिनलाई जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा दिइएको भन्दै प्रश्न उठाए ।

एमाले अध्यक्ष ओलीलाई जवाफ दिँदै उर्जामन्त्री बस्नेतले माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षको स्मरण संविधानको प्रस्तावनामै गरिएको बताए ।

‘फागुन १ गते बिदा सरकारले घोषणा गरेको चर्चा भइराख्दा मैले हेरेँ हाम्रो संविधानको प्रसवनाको दोस्रो प्यारामा त्यो गौरवपूर्ण इतिहासलाइ स्मरण गर्दै सहीद बेपत्ता परिवार नागकिलाइ सम्मान गर्दै भनेर लेखिएको रहेछ । त्यसको सम्मान किन गरिएको ? स्मरण किन गरिएको भनियो भने त्यो तर्कसंगत जस्तो लाग्दैन’ मन्त्री बस्नेतले भने ।

संविधानको सम्मान गर्न सक्दा मात्रै संविधान र संवैधानिक व्यवस्थाको रक्षा हुने उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖