• Tuesday 6th of October 2026

दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज काठमाण्डौ नै फर्कियो


  • धनकुटा खबर
  • .

काठमाण्डाै – काठमाण्डौबाट दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज काठमाण्डौ नै फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एक घण्टामै गएराति नेपाल एअरलाइन्सको आर ए ४१२ नम्बरको जहाज काठमाण्डौ फर्किएको हो ।

जहाजमा हुने टिकास (जहाजको आसपासमा केही समस्या आए अलर्ट अर्थात् जनाउ दिने प्रविधि) मा खराबी आएकाले जहाजलाई फर्काइएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जहाज गएराति ११ बजेर १० मिनेटमा विमानस्थलमा अवतरण गरेको थियो ।

‘पाकिस्तानको सीमा नजिकै पुगेको जहाज प्रविधिमा खराबी आएको थाहा पाएपछि भारतीय आकाशबाटै फर्किएको हो’– विमानस्थलका एक कर्मचारीले उज्यालोलाई जानकारी दिए । उनका अनुसार यो जहाजका यात्रुलाई अब नेपाल एअरलाइन्सकै अर्को जहाजबाट गन्तव्यमा पुर्याइने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖