• Wednesday 7th of October 2026

रिगललाई आममाफी दिएकोमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ


  • धनकुटा खबर
  • .

काठमाडौं । गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सर्वोंच्च अदालतले सरकारसँग जवाफ माग गरेको छ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले असोज २४ गते ५ बजेभित्र आममाफी दिनुको कारणसहित लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएका हुन्।

श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल आममाफी दिने राष्ट्रपति पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित कारागारबाट निस्किएका थिए ।

आफ्ना श्रीमान्‌का हत्यारालाई आम माफी दिइएको भन्दै न्यायका लागि भारती यतिबेला नेपालगञ्जबाट काठमाडौं आइपुगेकी छिन। रिगललाई आममाफी दिने सरकारको निर्णयविरुद्ध चौतफी आलोचना भइरहेको छ। सत्तापक्षकै नेताहरुले सरकारको निर्णयप्रति आपत्ति जनाउँनै निर्णय सच्याउन भनेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖