पोखरा । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनको मतदान सकिएको छ । मध्याह्न १२ बजेदेखि सुरु भएको मतदान राति ९ बजे सकिएको हो ।
मतदानमा ८८७ जना सहभागी भएको र २० जना अनुपस्थित रहेकाे निर्वाचन कमिटीले जनाएको छ । केहीबेरमा मतगणना सुरु हुनेछ ।
अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारी प्रतिस्पर्धामा छन् । मिनप्रसाद गुरुङ र बाबुरामराम विकले उपाध्यक्ष, धनन्जय दवाडी र रश्मि आचार्यले सचिवमा प्रतिस्पर्धा गरेका छन् ।
सहसचिवमा दामबहादुर विक र सन्तोष रावल, सहसचिव महिलातर्फ मन्जु अधिकारी र मिना गुरुङबीच प्रतिस्पर्धा भएको छ ।
