• Wednesday 7th of October 2026

२५ लाख माथिको व्यक्तिगत हायर पर्चेज र सवारीसाधन कर्जामा जोखिम भार घट्यो


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाल राष्ट्र बैंकले २५ लाख रुपैयाँ माथिको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा पनि जोखिम भार घटाएको छ।

केन्द्रीय बैंकले एकीकृत निर्देशन संशोधन गर्दै अब २५ लाख माथिको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा १२५५ जोखिम भार कायम गर्दा हुने व्यवस्था गरको हो।

राष्ट्र बैंकले यसअघिको २५ लाख रुपैयाँ माथिको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा १५० प्रतिशत जोखिम भार कायम गर्नुपर्ने व्यवस्था हटाएर नयाँ व्यवस्था ल्याएको हो ।

यता, चालु आर्थिक वर्षमो मौद्रिक नीतिमार्फत २५ लाख रुपैयाँसम्मको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा भने शतप्रतिशत जोखिम भार कायम गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖