• Wednesday 7th of October 2026

शिक्षक र सरकारबीचको सम्झौतामा इफ, बट, किन्तु, परन्तु केही गर्न पाइँदैनः विश्वप्रकाश शर्मा


  • धनकुटा खबर
  • .

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले शिक्षक र सरकारबीच भएको सम्झौताको एक–एक बुँदा विधेयकमा सम्बोधन गरिनुपर्ने बताएका छन् ।

आज (शुक्रबार) प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयकको छलफलमा भाग लिँदै उनले सम्झौतामा इफ, बट, किन्तु, परन्तु केही गर्न नहुने बताएका हुन् ।

‘शिक्षक आन्दोलन जो भएको थियो, व्यापक रुपमा काठमाडौं केन्द्रीत आन्दोलन भएको थियो, त्यसले प्रस्तुत गरेका एक–एक बुँदाहरुमा इफ बट किन्तु परन्तु केही नगरी, राहत शिक्षकहरुले समेत राखेका भावना सम्बोधन गरेर संशोधनको अंग यसलाई बनाइराखेर सबैको भावनालाई सम्बोधन गरेर अघि बढोस्,’– उनले भने ।

उनले ठूलाका लागि जेल बनाउनुभन्दा सानाका लागि विद्यालय बनाउनु राम्रो भएको बताए । सरकार सानाका लागि विद्यालय, व्यवस्थित विद्यालयको र व्यवस्थित शिक्षाको परिकल्पना गरिरहेको अवस्थामा अत्यन्त जघन्य अपराधमा रहेको मानिसलाई आममाफीको प्रक्रियाबाट छोडेको भन्दै उनले सरकारको ध्यानाकार्षण गराए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖