• Wednesday 7th of October 2026

अनसन बसेकी भारतीलाई समर्थन गर्न पुगेका ५ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई आममाफी दिएको विरोधमा अनसनरत चेतनकी पत्नी भारती शेर्पालाई समर्थन गर्न पुगेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतीको अनसनलाई समर्थन जनाउँदै माइतीघर पुगेका सोम शर्मासहित ५ जनालाई पक्राउ गरेको हो ।

भारतीको आन्दोलनमा ऐक्यवद्धता जनाउन आएका शर्माले युट्युबरलाई अन्तवार्ता दिँदै ‘दोषीलाई आममाफी दिने राष्ट्रपतिलाई शीतल निवासबाट निकालेर सडकमा घिसार्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

शर्मासँगै यादव सिंह, उद्धव वस्नेत, जेनीशा बोहरा र असनन बसेका आषिस मल्ललाई पनि प्रहरीले पक्राउ गरेर सिंहदबार वृत्त लगेको छ । रिगललाई संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖