• Monday 5th of October 2026

बंगलादेशसँगको खेलमा अफगानिस्तान १ सय ५६ रनमा अलआउट


  • धनकुटा खबर
  • .

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशसँगको खेलमा अफगानिस्ताना १ सय ५६ रनमा अलआउट भएको छ । भारतको धर्मशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफागानिस्तान ३७ ओभर २ बलमा १ सय ५६ रनमा अलआउट भएको हो । उसका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए । यस्तै अजमतुल्लाह ओमरजाई र इब्राहिम जद्रानले समान २२/२२ रन बनाए ।

बंगलादेशका शकिब अल हसन र मेहदी हसन मिराजले ३/३ विकेट लिए । आज दक्षिण अफ्रिका र श्रीलंकाबिच पनि खेल हुँदैछ । यो खेल दिउँसो सवा दुई बजे दिल्लीमा सुरु हुँदैछ । यसअघि हिजो भएको खेलमा पाकिस्तानले नेदरल्यान्डस्लाई ८१ रनले र अस्ति भएको उद्घाटन खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई ९ विकेटले हराएका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖