• Wednesday 7th of October 2026

राजतन्त्र फर्काउन सकिन्छ कि भनेर ज्ञानेन्द्र दाउ हेरिरहेका छन्ः झलनाथ खनाल


  • धनकुटा खबर
  • .

काठमाडौं, २० असोज । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्व राजा ज्ञानेन्द्र शाहले राजतन्त्र फर्काउन सकिन्छ कि भनेर दाउ हेरिरहेको टिप्पणी गरेका छन् ।

पार्टीको मेची–महाकाली जागरण अभियान तथा संगठन विस्तार कार्यक्रममा रहेका खनालले आज (शनिबार) नवलपुरको कावासोतीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

खनालले नेपालमा राजतन्त्रको कल्पना गर्नु बेकार रहेको बताए । ज्ञानेन्द्रले विभिन्न मठमन्दिर घुम्ने, धार्मिक सभाहरु गर्दै हिड्ने नाममा राजसंस्था फर्काउन सकिन्छ कि भनेर कोशिस गरिरहेको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖