• Wednesday 7th of October 2026

राजीनामा दिँदै कोशी प्रदेशका मुख्यमन्त्री कार्की


  • धनकुटा खबर
  • .

कोशीका मुख्यमन्त्री हिक्मत काकीृले पदबाट राजीनामा दिने भएका छन्।
संविधानजको धारा १६८ को उपधारा ३ बमोजिम बनेको सरकारको मुख्यमन्त्रीले विश्वासको मत पाउन नसके उपधारा ५ अनुसार मुख्यमन्त्री दाबी गर्न नपाउने सुझाव आएपछि कार्कीले राजीनामा दिने तयारी गरेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए।

सर्वोच्च अदालतको परमादेशपछि अल्पमतको सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने समयसीमा आजसम्मको थियो। भदौ २२ मा संविधानको धारा १६८ को उपधारा ३ अनुसार गठित सरकारलाई अन्य दलहरुले साथ नदिएपछि कोशीमा अब उपधारा ५ अनुसार सरकार बन्नेछ।

उपधारा ५ को सरकारको अवसर गुम्न नदिन मुख्यमन्त्रीले राजीनामा दिन लागेको एमाले सांसदहरुले बताएका छन्। अहिले मुख्यमन्त्रीले प्रदेशसभालाई सम्बोधन गरिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖