• Monday 5th of October 2026

एसियाली खेलकुदमा क्रिकेटको फाइनल खेल रद्द, भारतलाई स्वर्ण पदक


  • धनकुटा खबर
  • .

काठमाडौं । चीनको हाङ्जाओमा जारी एसियाली खेलकुदको क्रिकेट फाइनल खेल वर्षाका कारण रद्द भएको छ ।खेल सम्पन्न हुन सकेन तर राम्रो वरियता र प्रदर्शनका कारण भारतीय टिमलाई स्वर्ण पदक दिने घोषणा गरिएको छ ।

क्रिकेटको यो फाइनल खेल भारत र अफगानिस्तानबीच भएको थियो ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले १८.२ ओभरमा ११२ रन बनाएको थियो । त्यसपछि वर्षाका कारण खेल रोकिएको थियो ।

भारतीय महिला क्रिकेट टोलीले पनि यसअघि एसियाली खेलकुदमा स्वर्ण पदक जितेको थियो । भारतले अहिलेसम्म २६ स्वर्ण जितेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖