• Wednesday 7th of October 2026

कोशीमा मध्यावधि निश्चित छ :हिक्मत कार्की


  • धनकुटा खबर
  • .

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा गरेका हिक्मत कार्कीले राजनीतिक दलहरूको अङ्कगणित र अहिलेको अवस्था हेर्दा मध्यावधि निश्चित रहेको बताएका छन् । प्रदेशसभा बैठकमा विश्वासको मत लिने क्रममा सम्बाेधन गर्दै कार्कीले मध्यावधि हुने अवस्थामा चुनाव भाग लिन एमाले नडराउने बताए । तर राष्ट्रिय आवश्यकता, प्रदेशको आवश्यकता, आर्थिक अवस्था र जनचाहना अनुसार फेरि निर्वाचनको चाहाना भने नभएको बताए ।

कार्कीले भने– ‘अहिलेको जटिलता र अंकगणितको अवस्थाले थप जटिलतालाई नजरअन्दाज गर्ने हो भने हामी मध्यावधिको अवस्थामा पुग्नेछौँ । अहिलेको अङ्कगणित जुन छ, ४० सिट भएको पार्टी एकातिर नेकपा एमाले छ । हामीसँग सहकार्य गरेका दल छन् । अर्कोतिर गठबन्धन दल छ उसको पनि स्पष्ट बहुमत छैन । यो बीचमा घुमिरहेका छौँ, हामीले यो अङ्कगणितलाई ख्याल गरेनौँ भने मध्यावधि हाम्रो अगाडि निश्चित छ । यो चाहाना र माग हो भने जनताको बीचमा जान नेकपा एमाले डराउँदैन । निर्वाचनमा जान तयार छ तर निर्वाचन अहिले राष्ट्रिय आवश्यकता, प्रदेशको आवश्यकता, जनताको चाहना, सामाजिक अवस्था आदी केहीमा जनताले निर्वाचनको माग गरेका छैनन् ।’

उनले आफूले विश्वासको मत नपाउने अवस्थामा राजीनामा गरेर पदमुक्त सुझाव आएको पनि सभालाई जानकारी गराए । संविधान र सर्वोच्च अदालतले विभिन्न मितिमा गरेको फैसलाले र संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकारले विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था हुँदा राजीनामा गरेर पदमुक्त हुनुपर्छ भनेर सुझाव बताए ।

उनले सरकार निर्माण गर्ने अर्को विकल्प भनेको उपधारा ५ हो भनेर पनि सुझावहरू आएको उल्लेख गरे । यी कुराहरूलाई प्रदेश प्रमुखले संविधान र कानुन हेरेर नै अघि बढाउने आफूले विश्वास लिएको बताए । कार्कीले प्रदेश सभा बैठकमा मुख्यमन्त्रीबाट राजीनामा घोषणा गरेका छन् ।-रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖