• Monday 5th of October 2026

एसियाडमा नेपालकी कराँते खेलाडी एरिकाले जितिन् रजत


  • धनकुटा खबर
  • .

काठमाडौं। चीनमा जारी एसियाली खेलकुदमा नेपालकी कराँते खेलाडी एरिका गुरुङले रजत पदक जितेकी छन् ।

कराँतेको कुमुतेतर्फ ६८ केजीमाथिको तौल समूहमा उनले नेपालका लागि पहिलो रजत पदक जितेकी हुन् ।

एसियाडमा नेपालले हालसम्म एकल स्पर्धामा एक पटक मात्र रजत जितेको छ ।

सन् १९९८ को एसियाडमा तेक्वान्दो खेलाडी सविताराज भण्डारीले रजत जितेकी थिइन्।

एसियाडमा नेपालले हालसम्म एकल स्पर्धामा स्वर्ण जित्न सकेको छैन। जारी संस्करणमा नेपालले जम्मा एउटा पदक जितेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖