• Monday 5th of October 2026

बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो


  • धनकुटा खबर
  • .

एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानमाथि सानदार जित निकालेको छ।

शनिबार हिमाचल प्रदेश क्रिकेट एशोसिएशन स्टेडियममा बंगलादेशले अफगानिस्तानमाथि ६ विकेटको सानदार जित निकालेको हो।

अफगानिस्तानले दिएको १५७ रनको लक्ष्य बंगलादेशल ९२ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टाएको हो।

जितमा बंगलादेशक नजमुल हुसैन सान्तोले ५९ रन बनाए। उनले ७३ बलमा ३ चौका र १ छक्का प्रहार गरे। त्यस्तै मेहिदी हसन मिराजले ७३ बलमा ५ चौका प्रहार गरे।

कप्तान शकिब अल हसनले १४ रन बनाउँदा लिटोन दासले १३ रन बनाए। ओपनर तान्जिड हसनले ५ रनमात्रै लिए।

बलिङमा फजल्लक फारूक, नवीन उल हक्, अज्मतुल्लाह ओमरजइले एक/एक विकेट लिए।

टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अफगानिस्तान ३७ ओभरमै अलआउट भएको थियो।

अफगानिस्तानले ३७.२ ओभरमा सबै विकेट गुमाएर १५६ रन मात्र बनायो। बंगलादेशले जितका लागि ५० ओभरमा ‍ १५७ रनको झिनो लक्ष्य पाएको छ।

अफगानिस्तानका ओपनर रहमनुल्लाह गुर्बाजले ४ चौका र १ छक्का प्रहार गरी ४७ रन बनाए। गुर्बाजले बनाएको रन नै इनिङको ठूलो स्कोर बन्यो।
गुर्बाज वंगलादेशका मुस्ताफिजुर रहमनको बलमा तान्जिड हसनबाट क्याच आउट भए।

२२ रन बनाएर अर्का ओपनर इब्राहिम जद्रान आउट भए। उनलाई शाकिब अल हसनल तान्जिबाटै क्याच आउट गराए। शाकिबले नाजिबुल्लाह जद्रान र मोहम्मद नावीलाई बोल्ड गरे।

मिराजको बलमा अफगानिस्तानका कप्तान हसमतुल्लाह शाहिद, रसिद खान र मुजिब उर रहमान आउट भए।

बंगलादेशले अज्मतुल्लाह ओमरजइले २२ रन, रहमत शाह र कप्तान हसमतुल्लाह शाहिदले १८/१८ रन बनाउँदा अन्यले ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बंगलादेशका शाकिब अली हसन, मेहदी हसन मिराजको उत्कृष्ट बलिङ गर्दै ३/३ विकेट लिए। त्यस्तै शोरिफुल इस्लामले २ तथा तास्किन अहमद र मुस्ताफिजुर रहमानले १/१ विकेट लिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖