• Wednesday 7th of October 2026

कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका आङबोको दाबी


  • धनकुटा खबर
  • .

काठमाडौं, २० असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्र आङबोले दाबी गरेका छन् ।

आज (शनिबार) प्रदेश सभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले कांग्रेसले दुई दुई पटक प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएपनि विश्वासको मत पाप्त गर्न नसकेको बताउँदै अब माओवादीको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका हुन् ।

कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादीले धेरै त्याग गरेको बताउँदै उनले माओवादीको नेतृत्वमा सरकार गठन भए बहुमतका लागि सहज हुने बताए ।

प्रदेश सभाबाट विश्वासको मत पाउने वातावरण नबनेसँगै मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा घोषणा गरेका छन् । मुख्यमन्त्री कार्कीले राजीनामा घोषणा गरेसँगै कोशीमा अब संविधानको धारा १६८ (५) को सरकार गठनको प्रक्रिया खुल्ला भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖