• Monday 5th of October 2026

प्रिमियर लिगमा आज चार खेल हुँदै


  • धनकुटा खबर
  • .

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् ।

आज बेलुका पौने ७ बजे ब्राइटन र लिभरपुल, वेस्ट ह्याम र न्यूक्यासल, उल्भ्स र एस्टनभिल्ला खेल्दैछन् भने राति सवा ९ बजे आर्सनल र म्यानचेस्टर सिटीबीच खेल हुनेछ ।

प्रिमियर लिगमा गएराति भएको खेलमा क्रिस्टल प्यालेस र नटिङघम फरेस्टले गोलरहित बराबरी खेलेका छन् ।

त्यस्तै हिजो भएको खेलमा म्यानचेस्टर युनाइटेडले बे्रन्टफोर्डलाई, चेल्सीले बर्नलीलाई, फुलहमले सेफिल्ड युनाइटेडलाई, टोटनहमले लुटनटाउनलाई र एभर्टनले बर्नमाउथलाई हराएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖