• Tuesday 6th of October 2026

२ वटा विमान चार्टर्ड गरेर भारतीय पर्यटकले गरे माउन्टेन फ्लाइट


  • धनकुटा खबर
  • .

काठमाडौं । एकै पटक दुई वटा विमान चार्टर्ड गरेर भारतीय पर्यटकले नेपालमा माउन्टेन फ्लाइट गरेका छन् ।

शनिबार भारतको एकप्स सिस्टम इन्डिया प्रालिका ८० कर्मचारीले २ वटा विमान चार्टर्ड गरेर माउन्टेन फ्लाइट गरेका हुन् ।

उनीहरुले यती एयरलाइन्सको एटीआर ७२ विमान चाटर्ड गरेका थिए ।

काठमाडौंको ह्यात होटलमा तीन दिने कर्पोरेट कन्फ्रेन्समा सहभागी हुन भारत तथा यूएईमा रहेको एकप्सको विभिन्न कार्यालयबाट आएका भारतीय नागरिकहरुले माउन्टेन फ्लाइट गरेका हुन् ।

उनीहरुले सगरमाथासहितका क्षेत्रको फ्लाइट गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖