• Wednesday 7th of October 2026

झलनाथ खनाल प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा


  • धनकुटा खबर
  • .

काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मधेस प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

गोरुको विकल्प बन्दै ‘मिनी टिलर’

टक्सार (भोजपुर), २१ असोज : दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पका रुपमा मिनी टिलरको प्रयोग गर्न थालिएको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको व्यापरी बाजिम मगरले बताउनुभयो ।

“पहाडी जिल्लामासमेत कृषिमा आधुनिकीकरण भित्रिएपछि खेतीका लागि आधुनिक कृषि उपकरण तथा औजारको माग बढेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय मुलुकमा खेतीपाती गर्ने प्रणालीमा परिवर्तन हुन थालेसँगै आधुनिक कृषि प्रविधिको पनि माग बढेको हो ।” मगरका अनुसार जिल्लाका ग्रामीण क्षेत्रका खेतबारीमा अहिले मिनी टिलरले जोतेको देख्न सकिन्छ ।

पछिल्लो समय युवा रोजगारी, शिक्षा लगायतका लागि जिल्ला बाहिर जान थालेपछि पशुपालन गर्नेको सङ्ख्या घट्दै गएको किसान तिर्थ श्रेष्ठले बताउनुभयो । उहाँले खेत जोत्ने गोरु पहिलाको तुलनामा पाउन छाडेकाले अहिले विकल्पका रुपमा टिलर बनेको बताउनुभयो । सुरुमा प्राविधिक ज्ञानको अभावले टिलर सञ्चालनमा समस्या भए पनि अहिले खेती गर्न निकै सहज भएको उहाँको भनाइ थियो ।

किसानले जेत्न मिनी टिलर हलो, कम्बाइण्ड राइस मिल, रूख काट्ने मेसिन, धान काट्ने थ्रेसर, मकै छोडाउने क्रन थ्रेसरलगायतका आधुनिक आँैजारको प्रयोग गर्न थालेपछि यसको कारोबार बढेको मगरले बताउनुभयो । उहाँका अनुसार कृषि आँैजारमध्ये जोत्नका लागि मिनी टिलर हलो अत्यधिक बिक्री हुने गरेको छ ।

कृषि क्षेत्रको योजनाबद्ध विकास गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकाले किसानलाई व्यावसायिक कृषिमा लाग्न प्रोत्साहन गर्दै अनुदानमा मिनी टिलर वितरण गर्न सुरु गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । उहाँका अनुसार थोरै समयमा धेरै काम गर्न सकिने तथा प्रयोग गर्न पनि सजिलो भएकाले किसानलाई अनुदानमा टिलर वितरण गरिएको हो ।

आधुनिक टिलरले पहाडका साना खेतबारी, कान्ला, छेउ कुनो राम्ररी जोत्न सकिने किसान सीताराम प्रधानले बताउनुभयो । “गोरुले जोत्दाभन्दा मिनी टिलर हलोले जोत्दा झण्डै ७५ प्रतिशत काम छिटो हुन्छ । गोरुको झन्झट गर्नु परेन् । काम गर्न सजिलो पनि हुन्छ”, उहाँले भन्नुभयो ।

किसानलाई सहुलियतरुपमा गाउँपालिका, नगरपालिका, कृषि ज्ञान केन्द्र र विभिन्न पकेट क्षेत्रमा अनुदानमार्फत मिनी टिलर हलो वितरण गर्न थालिएको केन्द्रका प्रमुख गणेश खत्रीले बताउनुभयो । गोरुलाई जस्तो वर्षभरी पालेर राख्नु नपर्ने हुँदा मिनी टिलर जिल्लामा खेतीका लागि किसानको रोजाइमा पर्नुका साथै प्रभावकारी बन्दै गएको उहाँको भनाइ थियो ।
—

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖