• Monday 5th of October 2026

भारतविरुद्द टस जितेर पहिले ब्याटिङ गर्दै अस्ट्रेलिया


  • धनकुटा खबर
  • .

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको आइतबारको खेलमा अस्ट्रेलियाले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको छ ।

आइतबार अस्ट्रेलियाले घरेलु टोली भारतको सामना गर्दैछ । उक्त खेल चेन्नईस्थित मुथैया एनामलाई चिदम्बरम स्टेडियममा खेलिने छ ।

भारत र अस्ट्रेलियाबीचको खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

यी दुबै एकदिवसीय विश्वकपका पूर्वविजेता राष्ट्र हुन् । अस्ट्रेलियाले हालसम्म सर्वाधिक पाँच पटक विश्वकप जितेको छ । भारतले भने दुई पटक विश्वकप जितेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖