विश्वकप क्रिकेटमा भारतविरुद्ध अष्ट्रेलियाको ७ विकेट गएको छ। अष्ट्रेलियाको ७ विकेट ३६ दशमलब २ ओभरमा गएको हो । ७ विकेटको रुपमा क्यामरन ग्रीन ८ रन बनाउँदा भारतका रविन्द्रन आश्विनले आउट गरेका हुन ।
अष्ट्रेलियाका डेविड वार्नर ४१ तथा स्टिभ स्मिथ ४६ रनमा आउट भए । भारतका लागि रविन्द्र जडेजाले ३ विकेट , कुलदिप यादवले २ विकेट तथा जस्प्रित बुमराह रविन्द्रन आश्विनले एक एक विकेट लिए ।ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले ४० ओभर ३ बलमा ७ विकेट गुमाएर १५७ रन बनाएको छ।
विश्वकपमा भारत र अष्ट्रेलियाबीच १२ खेल भएको छ । जसमा भारत ४ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । पछिल्ला पाँच ओडिआई खेलमा भारत २ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ ।
