• Monday 5th of October 2026

अष्ट्रेलियाविरुद्ध भारतले २० ओभरमा ८० रन बनायो


  • धनकुटा खबर
  • .

विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियाविरुद्ध २०ओभरमा ३ विकेटको क्षतीमा ८० रन बनाएको छ। २ओभर भित्रै ३विकेट गुमाएको भारतका लागि विराट कोहली र लोकेश राहुलले सम्हालिएर खेल्दै २० ओभरमा ३ विकेटको क्षतीमा ८० रन बनाएको हो।

भारतका ईशान किशन, रोहित शर्मा र श्रेयस ऐर तीनै जना ० रनमा आउट भएर भारत दवावमा रहेको थियो ।विराट कोहली ४० लोकेश राहुल ४१ रन बनाएर खेलिरहेका छन् ।ताजास्थीतीमा भारतले २१ ओभरमा ३ विकेटको नोक्सानीमा ८२ रन बनाएको छ।जोश हेजलवुडले २ विकेट तथा मिचेल स्टार्कले एक विकेट लिए।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ दशमलब ३ ओभरमा १९९ रन बनाउँदा सबै विकेट गुमाएको हो। अष्ट्रेलियाका डेविड वार्नरले ४१ तथा स्टिभ स्मिथले ४६ रनमा बनाए।मिचेल स्टार्क ३० रनमा आउट भए ।मार्नस लाबुसेनले २७ रन बनाए। भारतका लागि रविन्द्र जडेजाले ३ विकेट , कुलदिप यादव र जस्प्रित बुमराहले २र २ विकेट तथा रविन्द्रन आश्विन,मोहम्मद शिराज र हार्दिक पान्ड्याले एकर एक विकेट लिए।

विश्वकपमा भारत र अष्ट्रेलियाबीच १२ खेल भएको छ । जसमा भारत ४ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ।पछिल्ला पाँच ओडिआई खेलमा भारत २ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖