• Wednesday 7th of October 2026

एमाले सुदूरपश्चिम प्रदेशमा नेतृत्व चयन आजबाट, को-को छन् आकांक्षी?


  • धनकुटा खबर
  • .

नेकपा (एमाले) कर्णाली प्रदेशको बन्दसत्र सोमबारबाट सुरू हुँदै छ। बन्दसत्र अहिले बिहान ८ बजे सुरू हुने र निवर्तमान कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

निवर्तमान अध्यक्ष दामोदर भण्डारीले प्रस्तुत गर्ने राजनीतिक, सांगठनिक प्रतिवेदनमाथि समूहगत छलफल गराउने र पारित गरिएसँगै नेतृत्व चयनको प्रक्रिया सुरू हुने बताइएको छ।

एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जना आकांक्षी देखिएका छन्। निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी अध्यक्ष बन्ने दौडमा छन्। त्यस्तै नेकपा विभाजनका बेला एमालेबाट युवा संघका अध्यक्ष बनेका बचन सिंह पनि अध्यक्षको आकांक्षी छन्।

मुख्य रूपमा जैसी र तिमिल्सिनाका बीचमा प्रतिस्पर्धा देखिएको एक प्रतिनिधिले बताए।

आइतबार उद्घाटन सत्रपछि पार्टी महासचिव शंकर पोखरेलले सहमतिको प्रयास गरेका थिए। उनले कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टी पोलिटब्युरो, केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज र जिल्ला अध्यक्षहरूसँग सामुहिक छलफल गरेर सुझाव लिएका थिए।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै नेतृत्व छान्न महासचिव पोखरेललाई निर्देशन दिएर आइतबार नै काठमाडौं फर्किइसकेका छन्।

२०५४ सालमा अछामका जिविस सभापति रहेका जैसी पोलिटब्युरो सदस्य कर्ण थापा निकट हुन्।

‘सहमति गर्ने भए कृष्णप्रसाद जैसीका नाममा हुन्छ। होइन भने अरू प्रदेशमा जस्तै स्वस्थ प्रतिस्पर्धा हुन्छ,’ थापा निकट एक केन्द्रीय सदस्यले भने।

तिमिल्सिनालाई इतर समूहको साथ रहेको छ। त्यसमा भीम रावल पनि थपिएका छन्। भीम रावललाई अधिवेशनमा उपेक्षा गरिएको भन्दै उनी निकट केन्द्रीय सदस्य नेतृत्वप्रति रूष्ट बनेका छन्। त्यसको प्रभाव पनि अधिवेशनमा पर्ने उनी निकटले बताए।

‘सुदूरपश्चिमको एमाले राजनीतिमा रावलको प्रभाव रहने भएकाले तिमिल्सिना पनि बलियो प्रतिस्पर्धी हुन्,’ तिमिल्सिना निकट एक प्रतिनिधिले भने।

एमाले सुदुरपश्चिम प्रदेश अधिवेशनमा ६ सय ५७ जना प्रतिनिधि रहेका छन्। प्रदेश अधिवेशनले ५ पदाधिकारीसहित १ सय ५५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ।

एमालेले लुम्बिनी, बागमती, कर्णाली, कोशी, गण्डकी, उपत्यका विशेष प्रदेश कमिटी अधिवेशन गरिसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖