• Wednesday 7th of October 2026

बम आक्रमण भएपछि अत्तालिएका घाइते प्रविण बुबालाई फोनमा भने ‘मरिन्छ कि …


  • धनकुटा खबर
  • .

शनिबार बिहान ११ बजेतिर इजरायलमा रहेका दाङका प्रविण डिसीले बाबुलाई फोन गरेर भनेका थिए ‘मरिन्छ कि बाँचिन्छ केही थाहा छैन।’

‘इजरायलमा बिहान ६ बजे देखि बम बिष्फोट भइरहेको छ।’ आफू बसिरहेको इजरायलको ‘अलुमिम किवुज’ भन्ने स्थानमा लगातार बम आक्रमण भएपछि अत्तालिएका प्रविणले आफूहरु माथि पनि निकै खतरा रहेको परिवारलाई फोन गरेर सुनाए।

दाङ दंगिशरण गाउँपालिका वडा नम्बर ३ हेकुलीका बाबु निमबहादुर डाँगी आत्तिए। फेरी अनलाइन मार्फत सम्पर्क गर्न खोजे। तर सम्पर्क हुन सकेन।हिजो बिहान ११ बजे देखि सम्पर्क विहीन भएका छोरा प्रविणको चिन्ताले परिवार विक्षिप्त बन्दै गयो।

इजरायलमा लगातार भएका बम आक्रमण र इजरायल गएका नेपाली विद्यार्थीहरु बेपत्ता भएको लगातार सञ्चार माध्यममा आइरहेका समाचारले परिवारलाई झन् चिन्तित बनाउँदै गयो। तर जति गर्दा पनि छोरा प्रवीणसँग निमबहादुरको सम्पर्क भएन। नत प्रविणका साथीहरु नै सम्पर्कमा आए।

‘छोरासँग जति गर्दा पनि सम्पर्क गर्न सकिएन,’ निमबहादुर भन्छन् ‘उसका साथीहरुलाई सम्पर्क गर्दा पनि कसैसँग पनि कुराकानी हुन सकेन।’छोरासँग जति गर्दा पनि सम्पर्क गर्न सकिएन,’ निमबहादुर भन्छन् ‘उसका साथीहरुलाई सम्पर्क गर्दा पनि कसैसँग पनि कुराकानी हुन सकेन।’

शनिबार बिहानै देखि सम्पर्क विहीन भएका प्रविणको आइतबार बिहान सम्म पनि अत्तोपत्ता हुन सकेन। दिउँसो पख नजिकैको मोबाइल पसलमा इजरायलबाट फोन आयो। फोन गर्ने उनै प्रविण रहेछन्। उनी सम्पर्क विहीन भएको २४ घण्टा पछि परिवारले प्रवीणसँग कुराकानी गर्न पायो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖