• Wednesday 7th of October 2026

एमालेद्वारा इजरायलमाथिको आक्रमणको भर्त्सना


  • धनकुटा खबर
  • .

काठमाडौं। नेकपा एमालेले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणको घटनाप्रति निन्दा र भर्त्सना गरेको छ।

‘इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा शनिबार अचानक गरिएको आक्रमणको घटनाप्रति हाम्रो पार्टी नेकपा (एमाले) निन्दा र भर्त्सना गर्दछ,’ सोमबार अध्यक्ष केपी शर्माले ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अध्यक्ष ओलीले हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थीको निधन भएकोमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण र शोकाकुल परिवारजनमा गहिरो समवेदनाका व्यक्त गरेका छन्।

साथै उनले घटनामा परी घाइते हुनुहुनेहरूको तत्काल उपचार, अफ्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाउनु हुनेहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितताका लागि फेरि नेपाल सरकारसमक्ष जोडदार माग गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖