• Wednesday 7th of October 2026

इजरायलकाे बङ्करमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीकाे भिडियाे कुराकानी


  • धनकुटा खबर
  • .

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग भिडियो कुराकानी गर्नुभएको छ । सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ४९ जना विद्यार्थीका नेता विपिन सुवेदीसँग प्रधानमन्त्री प्रचण्डले भिडियो च्याट गर्नुभएको हो ।

सरकारले उद्धारको पहल गरिरहेकाले नआत्तिकन प्रचण्डले आग्रह गर्नुभयो । उद्धारको प्रक्रिया भइरहेको र चाँडै नै सफल हुने उहाँकाे भनाइ छ ।

विद्यार्थी विपिन आचार्यले आफूहरू बङ्करमा रहेकाले छिटो भन्दा छिटो उद्धार गरिदिन आग्रह गर्नुभयो । दूतावासले तयारी अवस्थामा रहनु भनेकाले आफूहरू तयारी अवस्थामा रहेको पनि उहाँले बताउनुभयो ।

इजरायलको किबुज अलुमिम भन्ने ठाउँमा प्यालेस्टिनकाे विद्राेही समूह हमासको आक्रमणबाट १० जना नेपालीको ज्यान गएको छ । चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । साथै सम्पर्कविहीन रहेका एक जना नेपालीको खोजी भइरहेको इजरायलमा रहेको नेपाली राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖