• Wednesday 7th of October 2026

प्रसाईंलाई कालोमोसो, एमालेका कार्यकर्ताले दुर्व्यवहार गरे…


  • धनकुटा खबर
  • .

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई केही व्यक्तिले कालो मोसो दलेका छन्। प्रसाईंले सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए। पत्रकार सम्मेलन सकेर बाहिर निस्किने क्रममा अज्ञात व्यक्तिले कालोमोसो दलेका हुन्।

तर, प्रसाईले भने आफूलाई नेकपा एमालेका कार्यकर्ताले दुर्व्यवहार गरेको आरोप लगाए। आफूले सर्वहारा वर्गको पक्षमा वकालत गर्दा एमालेका कार्यकर्ताले आफूमाथि दुर्व्यवहार गरेको उनको भनाइ छ।

देशसञ्चारसँग फोनमा कुरा गर्दै प्रसाईंले देशमा देखिएका विविध समस्याका विषयमा राखिएको छलफल कार्यक्रममा सम्बोधन गरिसकेपछि गाडी चढ्ने बेलामा रंग-पानीले भरेको बोतलबाट त्यही पानी एमालेका कार्यकर्ताले आफूमाथि छ्यापेको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖