• Wednesday 7th of October 2026

इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा भोलि राष्ट्रिय शोक घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले सँगै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय पनि गरिएको छ ।

बैठकले त्यहाँ रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन कूटनीतिक पहल गर्ने निर्णय पनि गरेको छ ।

इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् । बंकरमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन् ।

(भोलि सार्वजनिक बिदा दिइने भनेर एक मन्त्रीले दिएको सूचना गलत पुष्टि भएकाले क्षमायाचनासहित सच्याइएको छ । )

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖