काठमाडौं, २२ असोज । सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीलाई विमान चार्टर गरेर ल्याउने व्यवस्था मिलाउने भएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल फर्कन चाहने नेपालीलाई विमान चार्टर गरेर यथाशीघ्र ल्याउने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्तालयमा पठाउने र स्वदेश फर्कन चाहनेहरुलाई उक्त प्रणालीमा आफ्नो विवरण तत्काल प्रविष्ट गर्न अनुरोध गर्ने सरकारले निर्णय गरेको छ ।
साथै, स्वदेश फर्किने नेपालीहरुका लागि नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउने प्रबन्ध मिलाउने सरकारको निर्णय छ ।
