• Monday 5th of October 2026

इजरायलमा भएकी शाम्बा भन्छिन्- सुरक्षित छु, नेपाल आउन कुराकानी भइरहेको छ


  • धनकुटा खबर
  • .

नेपाली महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘शाम्बा’ ले आफू इजरायलमा सुरक्षित रहेको बताएकी छन्।

उनी हापोइल रानाना क्लवबाट इजरेली प्रिमियर लिग खेल्न गत साउनमा इजरायल गएकी थिइन्। त्यसयता क्लबले उपलब्ध गराएको अपार्टमेन्टमा बस्दै आएकी थिइन्।

शनिबार बिहान प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले आक्रमण गरेपछि भने ‍आफू इजरायलस्थित नेपाली दुतावासका स्वकीय सचिव अर्जुन घिमिरेको परिवारसँग बसिरहेको र सुरक्षित रहेको सेतोपाटीसँग बताइन्।
पहिले क्लबले नै उपलब्ध गराएको अपार्टमेन्टमा बसिरहेकी थिएँ, हमासले आक्रमण गरेर स्थिति तनावग्रस्त बनेपछि नेपालीहरू सँगै बस्यो भने सजिलो हुन्छ भनेर यता आएँ,’ उनले भनिन्।

त्यहाँबाट आफू खेलिरहेको क्लबले नेपाल फर्काउन कोशिष गरेको भएपनि फ्लाइट नहुँदा आफू रोकिएको उनले बताइन्।

क्लबले दूतावाससँग समन्वय गरिरहेको उनले बताइन्। प्रत्येक घन्टामा नेपालमा आफन्तसँग कुराकानी भइरहेको पनि उनले बताइन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖