• Wednesday 7th of October 2026

नयाँ बानेश्वरमा स्थानीय तहका कर्मचारी र प्रहरीबीच झडप


  • धनकुटा खबर
  • .

काठमाण्डाै – सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर नौ दिनदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन गर्दै आएका स्थानीय तहमा कार्यरत कर्मचारी र प्रहरीबीच झडप भएकाे छ ।

आज साेमवार दिउँसो नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनमा प्रहरीले लाठी प्रहार गर्दा ३५ जना कर्मचारी घाइते भएका आन्दोलनमा सहभागी सन्दीप पौडेलले जानकारी दिनुभयो ।

उनीहरूले निजामतीको परिभाषाभित्र समेट्नुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग राखेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖