काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले दुर्गा प्रसाईलाई युवा संघको तागत ननाप्न चुनौती दिएका छन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, ‘बैक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, कालोमोसो द्ल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईलाई युवाहरुले आज तह लाएछन ।
अब सुध्रीउ, अरुलाई दोष नलगाउ ।यस्तालाई सरकारले कारवाही गरोस । जन प्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाई !’
