• Monday 5th of October 2026

विश्वकपमा न्यूजिल्याण्डले लगातार दोस्रो जित


  • धनकुटा खबर
  • .

काठमाडौं । विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले लगातार दोस्रो जित हात पारेको छ । उद्घाटन खेलमा साबिकको विजेता इंग्ल्याण्डलाई अघिल्लो फाइनलको बदला लिएको न्यूजिल्याण्डले सोमबार नेदरल्याण्ड्समाथि ९९ रनको जित निकाल्यो ।

न्यूजिल्याण्डले दिएको ३२३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४६.३ ओभरमा २२३ रन मात्र बनाउन सक्यो । उसका लागि कोलिन एकरम्यानले सवार्धिक ६९ रन बनाए पनि टोलीको हार टार्न सकेनन् ।

उसलाई सस्तैमा समेट्ने क्रममा मिचेल सेन्टनरले ५ विकेट लिए भने म्याट हेनरीले ३ विकेट हात पारे ।

यसअघि हैदराबादमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर ३२२ रन बनाएको थियो । उसका लागि विल योङले ७० रन बनाए भने टोम लाथमले ५३ र रचिन रविन्द्रले ५१ रन जोडेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖