• Wednesday 7th of October 2026

केपी ओली र एमालेविरुद्ध भिड्ने दुर्गा प्रसाईंको उद्घोष


  • धनकुटा खबर
  • .

काठमाडौं,२३ असोज । चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय युवासंघ नेपालका इन्चार्ज महेश बस्नेत आफूसँग डराएको दाबी गरेका छन् ।

सोमबार प्रसाईंले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा युवा संघका कार्यकताले आफूलाई कालोमोसो दलेपछि मंगलबार आफ्नै घरमा पत्रकार सम्मेलन गरेर प्रसाईंले देश बचाउनुपर्छ भन्दा आफूमाथि दुर्व्यवहार भएको भन्दै अव एमालेसँग भिड्ने उद्घोष गरेका छन् ।

‘म खुसी छु । मैले त नागरिक बचाउ, देश युवाविहीन भयो, जनताले दुःख पाए भन्दा मलाई दुर्व्यवहार भयो’, उनले भने, ‘एमाले कसको पार्टी रहेछ भन्ने देखियो । तस्करहरूको पार्टी एमाले भन्ने प्रमाणित भयो । गरिबको आवाज उठाउँदा मलाई कालो मोसो दलियो । यसको जवाफ जनताले फर्काउँछन् । हिजोदेखि खेल सुरु भयो, एमालेले मसँग खेल सुरु गर्यो, मैले आजबाट पत्रकार सम्मेलन गरेर सुरु गरेँ’, प्रसाईंले भने, ‘खेल बन्द भएको छैन ।’

प्रसाईंले सोमबार काठमाडौंको एक होटलमा देशमा तस्कर र अर्थतन्त्र ध्वंस्त बनाउने उद्योगीहरुको फोटो सार्वजनिक गर्नेभन्दैपत्रकार सम्मेलनको आयोजना गरेका थिए । मूलधारका मिडियाले कुनै स्थान नदिएपनि युट्युबरले खचाखच भएको उक्त पत्रकार सम्मेलन सकेर बाहिर निस्किनेक्रममा एमाले निकट युवा संघका कार्यकर्ताले कालोमोसो दलेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖