• Wednesday 7th of October 2026

वर्षमान पुन – इजरायलमा तनाव बढनसक्छ, वैकल्पिक योजनामा काम गरौं


  • धनकुटा खबर
  • .

२३ असोज, काठमाडौंं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्यालेस्टायन-इजरायल तनाव बढ्नसक्ने भएकाले सरकार सतर्क हुनुपर्ने बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबार बसेको बैठकमा माओवादी सांसद पुनले त्यहाँको अवस्था अहिले पनि असाध्यै तरल रहेको बताए ।

यो तनाव विस्तार पनि हुनसक्ने भन्दै उनले भने, ‘छिमेकी देशहरुसँग पनि सम्बन्ध बनाइराख्नुपर्छ, आवश्यक पर्दा सबैलाई उद्धार गर्न सक्ने भएर बस्नुपर्छ ।’

कोरोना महामारीको समयमा समयमा पूर्वतयारी नगर्दा अप्ठ्यारो भएको घटनाबारे पाठ सिकेर सरकारले वैकल्पिक योजनाहरुमा काम गरिराख्नुपर्ने सांसद पुनले बताए ।

उनले परराष्ट्र मन्त्रालय मन्त्रालयलाई नियमित प्रेस ब्रिफिङ गरेर नियमित जानकारी गराउनसमेत आग्रह गरे । ‘अप्ठ्यारो अवस्थामा सबैले राज्यको अभिभावकीय भूमिका आवश्यक पर्छ, यसमा सरकार र परराष्ट्र मन्त्रालय अन्त्यन्त संयमित हुनुपर्छ’ उनले भने, ‘मन्त्री सचिवज्यू वा प्रवक्ता को देखिने हो, देखिरहनु पर्छ । राज्य देखिनुपर्छ, आधिकारिक धारणा आउनुपर्छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖