• Wednesday 7th of October 2026

विमानस्थलबाट ५ सय १० ग्राम सुनसहित एक जना पक्राउ


  • धनकुटा खबर
  • .

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार मलेसियन एयरलाइन्समार्फत सोमवार काठमाडौं आएका धामीले टीभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको उक्त सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । उक्त विषयमा आवश्यक अनुसन्धान शुरू भएको डा पाण्डेले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖