• Wednesday 7th of October 2026

गेस्ट हाउसमा १७ वर्षीया किशोरी मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको सुन्धारास्थित एक गेस्ट हाउसमा १७ वर्षीया युवती मृत भेटिएकी छिन् । ललितपुरको इमाडोलकी नीता राउत मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरीले विषको बट्टा पनि फेला पारेको छ । प्रहरीका अनुसार किशोरी श्रीगुरु गेस्ट हाउसमा असोज ८ देखि बस्दै आएकी थिइन् । प्रेमीले पैसा सकिएर आइतबार आफू बाहिर निस्किएको र सोमबार बिहान गएर हेर्दा कोठामा मृत भेटिएको बयान दिएका छन् । प्रहरीले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖