• Monday 5th of October 2026

भारत–पाकिस्तान खेलका लागि ११ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइने


  • धनकुटा खबर
  • .

अहमदाबाद । आगामी अक्टोबर १४ मा भारत र पाकिस्तानबिच बहुप्रतीक्षित खेल हुँदैछ । यो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलाइनेछ ।

खेललाई लिएर प्राप्त धम्कीहरूलाई मध्यनजर गर्दै गुजरात प्रहरीले सुरक्षाको कडा व्यवस्था गरेको छ । प्रहरी कमिस्नर जीएस मलिकका अनुसार सो खेलका लागि ७ हजार पुलिसकर्मी र ४ हजार होमगार्डका जवान तैनाथ गरिनेछ ।

साथै एनएसबीको बम स्क्वाड र एन्टी ड्रोन टोली पनि सुरक्षा व्यवस्थामा सामेल हुनेछन् । त्यस्तै, खेलाडी, भीभीआईपी र दर्शकको सुरक्षाका लागि सीआरपीएफ, आरएएफ र एनएसजी पनि छुट्टै तैनाथ गरिनेछन् ।

खेलका सबै टिकट पहिले नै बिक्री भइसकेका छन् । खेलका दौरान स्टेडियमको सुरक्षामा मात्र नभएर सहरका अन्य संवेदनशील क्षेत्रमा पनि प्रशासनले प्रहरी खटाउने भएको छ । स्टेडियमको छेउछाउमा रहेका होटलमा पनि जाँच गरिनेछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖