• Wednesday 7th of October 2026

स्वास्थ्यमन्त्रीको स्पष्टीकरण : तलब खुवाउन नसकेपछि वीरका कर्मचारी हटायौं


  • धनकुटा खबर
  • .

२३ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारी हटाएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले कोभिड–१९ को बेला नियुक्त गरिएका कर्मचारीहरुलाई तलब दिन नसक्ने अवस्था रहेको दाबी गरे ।

‘अर्थ मन्त्रालयको एक अर्ब २३ करोड रुपैयाँ फाजिलमा खर्च भएको छ । प्रधानमन्त्री ज्यूको निर्देशनमा यो बाँड्ने काम भएको हो’ उनले भने, सधैंभरी फाजिलका लागि बाँड्नसक्ने अवस्था भएन ।’

वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीको करार स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनमा थप नगर्ने निर्णय भएको थियो ।

यसले अस्पतालको सेवा प्रवाह प्रभावित भएको छ । मन्त्री बस्नेतले भने चाँडो नयाँ भर्नाको प्रकृया वा दरबन्दी सृजना गर्ने बताएका छन् । स्वास्थ्यकर्मी उत्पादन निकै कम भएको भन्दै उनले छिट्टै चिकित्सा शिक्षा ऐन संशोधन गरिने समेत बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖