• Wednesday 7th of October 2026

एमालेको मधेस प्रदेश अधिवेशन भोलिदेखि, ओलीले उद्घाटन गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एमाले)को मधेस प्रदेश अधिवेशन भोलिदेखि सुरु हुँदै छ ।

अधिवेशनको जनकपुरस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

अधिवेशनका लागि एक हजार २७ प्रतिनिधि छनोट भएका छन् । प्रदेशको नेतृत्वका लागि सकेसम्म सहमतिको प्रयास गरिने मधेस प्रदेशको इन्चार्ज समेत रहेका पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।

“नेता कार्यकर्ताको उचित मूल्यांकन हुन्छ । विधानसम्मत ढंगले प्रतिस्पर्धामा आउन छुट छ,” उनी भन्छन्, “प्रतिस्पर्धाका लागि नेतृत्वमा आउन चाहनेहरुबीच सहमतिका लागि कोसिस गर्छौँ ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖