• Wednesday 7th of October 2026

एमालेको चंगा उडाउने तयारी, सिलिकन र नाइलनको धागो बर्जित


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा एमालेका जनसंगठनहरुको संयुक्त आयोजनामा चंगा उडाउने प्रतियोगिता हुने भएको छ । अखिल नेपाल किसान महासंघ, काठमाडौं महानगरपालिका कमिटी र युवासंघले प्रतियोगिता गर्न लागेका हुन् ।

नेपालीहरुको महान् चाड दशैं, तिहार, नेपाल सम्वत ११४४ न्हुदँया भिन्तुना, छठलगायतका पर्वको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको महासंघले जनाएको छ । असोज २८ गते घटस्थापनाका दिन दिउँसो १२ बजे काठमाडौंको खुल्लामञ्चमा प्रतियोगिता हुने महासंघले जानकारी दिएको छ ।

प्रतियोगतामा सहभागी हुन चाहने प्रतियोगीले असोज २६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । १५ मीनेटको अन्तरमा प्रतियोगिता हुने जनाइएको छ । महासंघका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

त्यस्तै, सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगीले अनिवार्य सेतो चंगा प्रयोग गर्नुपर्नेछ । सिलिकोन र नाइलनको धागो ल्याउन नपाइने स्पष्ट पारिएको छ ।-जनआस्था

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖